काठमाडौंः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि आज निर्वाचन हुँदै छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान प्रक्रिया सञ्चालन गर्न लागिएको हो ।

९९ केन्द्रीय सदस्य पदका लागि तेब्बरभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी निर्वाचन आयोगका एक पदाधिकारीले शिलापत्रलाई दिएको जानकारीअनुसार हालसम्म ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुनेछ । अब विद्युतीय भोटिङ मेसिनमा उमेदवारको नाम इन्ट्री गर्ने काम भइरहेको छ ।

सभापति पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि रवि लामिछाने मंगलबारै निर्विरोध निर्वाचित भइसकेका छन् । केन्द्रीय समिति चयनका लागि आज निर्वाचन हुने भएकाे हाे ।

उम्मेदवारी दिएकाहरूले आफ्ना लागि मत मागिरहेका छन् । मतदान भने चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा हुनेछ ।

बुधबार बिहान ९ बजेका लागि तय गरिएको मतदान भने निर्धारित समयमा सुरु नहुने देखिएकाे छ । निर्वाचनका लागि आवश्यक प्राविधिक तयारी लगभग पूरा भए पनि उम्मेदवारहरूको अन्तिम सूची उपलब्ध नहुँदा मतदान प्रक्रिया अघि बढ्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको