काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास बिक्री भएको भनी आएका समाचारहरूको उनको सचिवालयले खण्डन गरेको छ। देउवाको सचिवालयले निवास र जग्गा बिक्री नगरिएको र बेच्ने कुनै योजनासमेत नरहेको स्पष्ट पारेको हो।

देउवाका स्वकीय सचिव भानु देउवाले उक्त चर्चालाई निराधार भन्दै गलत सूचना प्रवाह भएकोमा आपत्ति जनाउनुभएको छ। ूनिवास र जग्गा बेचिएको छैन, बेच्ने योजनासमेत छैन,’ उनले भने, ‘आगोले जलेर जीर्ण भएको भवन अहिले पुनर्निर्माणको प्रक्रियामा रहेको छ। ’ उनले सम्बन्धित पक्षसँग कुनै जानकारी नै नलिई समाचार सम्प्रेषण गरिएकोमा असन्तुष्टि व्यक्त गरे ।

निर्माण व्यवसायी विकास गौतमले देउवाको निवास किन्न लागेको भन्दै केही सञ्चारमाध्यममा चर्चा चलेको थियो। तर, व्यवसायी गौतमले समेत आफू यस खरिदबिक्रीबारे पूर्ण रूपमा अनविज्ञ रहेको र निवास नकिनेको स्पष्ट पारे ।
बुढानीलकण्ठस्थित देउवाको पुरानो निवास केही समयअघि आगलागीबाट क्षतिग्रस्त भएको थियो। सोही भवनको अहिले मर्मत तथा पुनर्निर्माण कार्य भइरहेको सचिवालयले जनाएको छ। राजनीतिक वृत्तमा देउवाको निवास बिक्रीको चर्चाले हलचल पैदा गरे पनि सचिवालय र खरिदकर्ता भनिएका व्यवसायी दुवैको स्पष्टीकरणसँगै यो केवल अफवाह मात्रै भएको पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको