हिन्दुहरुको महान पर्व महाशिवरात्रीको पावन अवसरमा २०८२ माघ २६ गतेदेखि फाल्गुण ४ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ आयोजना भएरहेको छ। ॐ दिव्य मातृभूमी नेपाल केन्द्रिय कार्यालयद्वारा आयोजित यस महायज्ञको उद्देश्य विश्व शान्ति, पितृ उद्धार तथा अनाथ तथा असहाय बालबालिकाको सहयोग गर्नु रहेको छ।
महायज्ञको कथा वाचन विदुषी सुधादेवी अच्युत प्रियाजीले गर्नु भएको छ। कार्यक्रम शिव पञ्चायन मन्दिर, काठमाण्डौ महानगरपालिका–७, गोपिकृष्ण नगर, चावहिलमा निकै नै सभ्य र भव्यताको साथ सन्चालन भइरहेको छ । कथा श्रवण गरि पुण्य लाभ लिनु हुन आयोजकले सबै श्रद्धालु तथा भक्तजनलाई आह्वान गरेका छन्।



