काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले गोरखापत्र संस्थानको अध्यक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने पत्रकार अखण्ड भण्डारीको नाम सिफारिस भएको सुचना पाए लगत्तै प्रमाणिकरणमा रोक लगाएकी छन् । प्रधानमन्त्री कार्कीले मुख्यसचिव सुमन अर्याललाई तत्काल उक्त निर्णय प्रमाणिकरण नर्गन र रोक्न भनेकाे बालुवाटार स्राेतकाे दाबी छ ।
सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलको सिफारिसमा गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारीको नाम सिफारिस गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो । कार्कीलाई उनी एमालेका मानिस हुन भन्ने सुचना लुकाएर गरेको सुचना पाए लगत्तै कार्कीले उनको नाम रोक्न लगाएकाे प्रधानमन्त्री कार्कीकाे सचिवालयका एक सदस्यले हुलाकपाेस्टलाई बताए ।
कार्कीले रिसाउदै `मलाई झुक्काएर ओलीको मानिसलाई नियुक्ती गराउने´ भन्दै रोक्नु भनेर निर्देशन दिएपछि मुख्यसचिवले प्रमाणिकरण नै रोकेकी छन् । भण्डारी अन्नपूर्ण पोस्टमा प्रधान सम्पादन थिए । गोरखापत्र जानकै लागि उनले प्रधानमन्त्रीका स्वकीय आर्दश श्रेष्ठसँग पनि सेटिङ मिलाएका थिए । तर प्रधानमन्त्रीले सुचना पाएपछि मन्त्री र स्वकीय दुवैसँग रिसाएकी छन् । भण्डारीले अन्नपुर्णपोष्टमा राजिनामा नै दिइसकेका छन् । श्रेष्ठ पछिल्लो समय नियुक्तिमा सेटिङमा लागेकाे भन्दै प्रश्न उठिरहेपनि उनी नयाँ नयाँ प्रकरणमा मुछिइरहेका छन् ।
गाेरखापत्रका कर्मचारीहरूले पनि संस्थानकाे विनियमावलीमा कार्यकारी अध्यक्षकाे व्यवस्था नभएकाे भन्दै उनकाे नियुक्ति भए अदालत जाने चेतावनी दिएका थिए ।
भण्डारी यसअघि प्रेस काउन्सिल अध्यक्ष बन्नबाट पनि राेकिएका थिए । केपी ओली प्रधानमन्त्री हुँदा भण्डारीले सम्पादकीय नेतृत्व गर्दा अन्नपूर्ण पाेस्टलाई कतिपय निजि क्षेत्रकाे गाेरखापत्र बनेकाे भन्दै आलाेचना गरेका थिए । भण्डारी पत्रकारका अलावा राम्रा साहित्यकार पनि हुन् ।

