काठमाडौं : आईसीसी टी–२० विश्वकप २०२६ का लागि पहिलोपटक नेपालको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल क्रिकेटर शेर मल्ल बागबजारको गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डरका रूपमा आबद्ध भएका छन्। क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसबिच औपचारिक सम्झौता भएको हो ।
भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका शेर मल्ल पनि यसमा समावेश छन् । नेपाली खेलप्रेमीहरू माझ लोकप्रिय क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन् ।
उनी नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो सिजन जित्ने एक मात्र खेलाडी हुन्।
बलिङमा रहस्यमय शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन् । गौतम एजुकेशनमा जोडिन पाउँदा अत्यन्तै हर्षित भएको मल्लले बताए । गौतम एजुकेसन कम्पनीका सीईओ इन्द्रजीत गौतमले शेर मल्ल जस्तो सुपरस्टार खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । ‘नेपालका विभिन्न जिल्लामा रहेका विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि स्पोन्सर गर्ने योजना बनाएका छौं ।’ गौतमले भने । गौतम एजुकेशनले अध्ययनका लागि अस्ट्रेलिया, यूके, जापान, क्यानडा र अमेरिका जाने चाहना राख्ने विद्यार्थीहरूलाई सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको छ।

