काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंस्थित द ब्रिटिश कलेजले इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट अन्तर्गत सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गरिएको, विद्यार्थीहरूबाट अत्यधिक शुल्क असुल गरिएको तथा एउटै कार्यक्रमअन्तर्गत फरक–फरक पाठ्यक्रम लागू गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार नेबिसंघका केन्द्रीय सदस्य मातृका प्रसाद उपाध्यायले विज्ञप्ति बुझाउँदै कलेजले विद्यार्थीप्रति गरेको अन्यायपूर्ण व्यवहारलाई तत्काल सुधार गरी न्यायोचित वातावरण सिर्जना गर्न, तत्काल विद्यार्थीका मागहरु सम्बोधन गर्न र यदी त्यस्तो नभए चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । संघका कार्यवाहक अध्यक्ष सञ्जीव खड्काले ब्रिटिस कलेेजमा समस्या देखिएपछि उपाध्यायलाई प्रतिनिधि पठाएका थिए ।

नेविसंघले जारी गरेको प्रेस विज्ञप्तिमा भर्ना गरिएका विद्यार्थीहरूलाई अलपत्र पारिएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै, संवादमार्फत समस्या समाधान खोज्दा कलेज प्रशासनले विद्यार्थीहरूलाई धम्की दिने र मानसिक दबाब सिर्जना गर्ने जस्ता कार्य गरेको आरोप लगाइएको छ। यस्ता गतिविधि निन्दनीय र अस्वीकार्य भएको संघको ठहर छ।

विज्ञप्तिमा विदेशी विश्वविद्यालयसँग सम्बन्ध प्राप्त कलेजहरूले लामो समयदेखि नेपालमा शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क संरचना तथा छात्रवृत्तिको नाममा लुट र अनियमितता गर्दै आएको गुनासो व्यापक रूपमा उठिरहेको उल्लेख गरिएको छ। यस विषयमा सम्बन्धित कलेजमाथि तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग नेविसंघले जोडदार माग गरेको छ।

साथै, पीडित विद्यार्थीहरूको शैक्षिक तथा प्रशासनिक समस्या अविलम्ब समाधान गर्न कलेज प्रशासनसँग पनि नेविसंघले आग्रह गरेको छ। संघले विद्यार्थीहरूको हकहितका लागि संघर्ष जारी रहने स्पष्ट पारेको छ। कलेजले बि।एच।एम। पढ्ने विद्यार्थीसँग नियम विपरीत पैसा असुल गरी दुवैमा इन्टेककालागि पढाउन पठाउने बन्दै फर्जि कागजात बनाएर कुनै एक इन्सीच्युटमा पठाउनु आफैमा कानुन विपरीत भएको केन्द्रीय सदस्य उपाध्ययले बताएका छन् । साथै कलेजले विद्यार्थीलाई एक महिना होस्टलमा राख्छु भनेर २० दिन मात्र राखेर अलपत्र पारेको विषय संगठनलाई असैह्य भएको बताए । कलेजको उक्त गतिविधिबारे विद्यार्थीले समन्वय गर्न जाँदा प्रहरी परिचालन गर्ने कलेज प्रशासनको नियतमाथि नै प्रश्न उठेको नेबिसंघको ठहर छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको