काठमाडौं : भारतकाे मुम्बईमा आयाेजित राेबाेवारमा नेपाल विद्यार्थी संघकाे टिम नेपालले स्वर्ण पदक जित्दै इतिहास रचेकाे छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)द्वारा प्रस्तुत टिम नेपाल-क्वान्टमलिप, बलियो भेन्चर्सले भारतको आईआईटी बम्बेमा आयोजित अन्तरास्ट्रिय राेबाे वार्स प्रतिस्पर्धामा उपाधि जितेकाे हाे ।
एसियाकै सबैभन्दा ठूलो विज्ञान तथा प्रविधि महोत्सव मानिने आइआइटी मुम्बई टेकफेस्टमा आयोजित यस प्रतियोगितामा ६५ भन्दा बढी देशका टिमहरू सहभागी थिए। नेपालबाट सहभागी भएका ७ टिममध्ये बलियो भेन्चर्सले फाइनल जित्दै विश्वमञ्चमा नेपाली नवप्रवर्तन, प्रविधि र प्रतिभाको क्षमता प्रमाणित गरेको मुम्बईमा रहेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

