काठमाडौं । मेरिक्रिसमसका दिन काठमाडौंको लाजिम्पाटमा रहेको ‘नेपाल गो चाईनिज रेष्टुरेन्ट एण्ड बार’ मूल्यमा छुटसहित विभिन्न आकर्षक कार्यक्रमहरू राखेको जनाएको छ ।

रेष्टुरेन्टका सञ्चालकमध्येका एक चन्द्र मगरका अनुसार खानेकुराको बिलमा २५ प्रतिशतसम्मको छुट राखिएको छ । मेरिक्रिसमसका अवसरमा रेष्टुरेन्टमा आउने ग्राहकलाई कम्प्लिमेन्ट्री भेज सुप, बिलमा २५ प्रतिशत छुट, ३ वटा बियर खरिद गर्दा फ्राइड मसरुम र क्युम्बर सलाद फ्रिको व्यवस्था रहेको मगरले बताए ।

इम्पोर्टेड ह्विस्की, लेडिज् क्रिसमस ट्रि, लेडिजका लागि फ्रि कक्टेल÷मोक्टेलको पनि व्यवस्था रहेको मगरले बताए । पुस २५ गते मेरिक्रिसमस परेको छ । सो दिनका लागि ‘नेपाल गो चाईनिज रेष्टुरेन्ट एण्ड बार’ले अग्रिम बुकिङको व्यवस्था पनि गरेको छ ।

‘नेपाल गो चाईनिज रेष्टुरेन्ट एण्ड बार’ले ठमेलमा पनि आफ्नो सेवा दिँदै आएको छ । चिनियाँ खानाका लागि यो रेष्टुरेन्टले नाम कमाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको