काठमाडौं : नेकपा एमालेकाे अध्यक्षमा केपी शर्मा ओलीले ह्याट्रिक गरेका छन् । काठमाडौंमा आज सम्पन्न ११ओै महाधिवेशनबाट ओली पुन: निर्वाचित भएका हुन् । उनले ईश्वर पाेखरेललाई पराजित गरे ।

महासचिवमा ओली प्यानलकै शंकर पाेखरेल निर्वाचित भए । पदाधिकारीमा उपाध्यक्ष गाेकर्ण विष्ट र उपमहासचिव याेगेश भट्टराई भने पाेखरेल समुहबाट निर्वाचित भए ।

ओलीले जितेपछि सरकारविरुद्ध आक्राेस पाेखेका छन् । एमालेलाई छाेए देश ठप्प पार्ने उनकाे चेतावनी छ ।

‘एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको छ । अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ । पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दामामिला चलाइन सक्छ,’ ओलीले भने, ‘एमाले नेतृत्वमाथि भौतिक हमला हुने सम्भावना पनि छ । भौतिक हमला भएको दिन यो देश ठप्प हुनुपर्छ । यो सरकार पनि ढल्नुपर्छ । त्यसका निम्ति तयार रहन निर्देशन दिन्छु।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको