काठमाडौं : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सभापति एवम् निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दलुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो मागदाबी गरिएको छ । चालिसे यसअघि गोकर्णेश्वर नगरपालिकाका मेयर हुन् भने फागुन २१ गतेको निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका थिए । मुद्दा दायरसँगै  चालिसेलाई उम्मेदवार बन्न नैतिक संकट देखिएकाे छ । चालिसे यसअघिको संसदमा अर्थ समितिका सभापति हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको