काठमाडौं : नेपाल बौद्ध महासंघले नेपाल सरकार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेरै ज्ञापनपत्र बुझाइएको हाे ।

सामाजिक सन्जाल तथा बिभिन्न मिडिया प्लेटफर्ममा गोन्पाका विषयमा फैलाएको भ्रामक अभिव्यक्तिका विषयमा सरकारलाई ध्यानकर्षण गराउन नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पासहितको टोली पुगेकाे थियाे ।  महासंघले यसअघि सामाजिक सन्जाल तथा बिभिन्न मिडिया ल्पेटफर्ममा राजनीतिक नेता तथा सामाजिक अभियन्ताहरुले दिएको अभिव्यक्ति विरुद्ध भोटाहिटीस्थित साइबर व्युरोमा उजुरी दिइसकेको छ । शुक्रबार महासंघको अध्यक्षसहितको टोलीले प्रेस काउन्सिलमा पनि उजुरी दिएको छ ।

के छ ज्ञापनपत्रमा ? 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर