काठमाडौं: मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतियोगीमध्ये एक हुन्, विद्या चौहान । रामेछापको विकट गाउँ फूलासिमा देखि मिसेस नेपालको उनको यात्रा धेरैका लागि प्रेरणा पनि हो । आज हजारौँ नेपाली महिलाका लागि चौहान प्रेरणाको स्रोत बनेकी छन्। रामेछापको विकट गाउँ फूलासिमा जन्मेकी उनी नेपालको सुदूरपश्चिमको बुहारी हुन्।
नेपालमा नै केही गर्नुपर्छ भन्ने उनी शिक्षाको हिसाबले एक नर्स भएता पनि पारिवारिक व्यवसायको रूपमा भवानी ग्रुपको सञ्चालकको रूपमा आज ३० वर्षको उमेरमा नै सफल महिला व्यवसायिको रूपमा परिचित छिन जहाँ ३००० युवाहरूलाई रोजगारि सृजना गरिरहेकी छिन्।

परिवार, व्यवसाय र सामाजिक कार्यबिच सन्तुलन कायम गर्दै उनले प्रमाणित गरेकी छन् कि महिलाको शक्ति केवल परिवारसम्म सीमित छैन, महिलाले चाहे जुनसुकै क्षेत्रमा पनि सफलता हाँसिल गर्न सक्छन। मिसेस नेपाल वल्र्ड २०२५ को ग्रान्ड फिनाले यही कात्तिक २९ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा हुँदैछ ।
यो प्रतियोगितामा सहभागी हुन श्रीमान ई.भवानी ओझा, परिवार र आफन्तहरुको ठुलो हौसला र साथ रहेको चौहानले बताईन् । मिसेस नेपाल वल्र्ड २०२५ मा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएको पनि उनले जानकारी गराईन् ।
हाल उनी प्रतियोगिताको फाईनलको तयारीमा जुटिरहेकी छिन् । `हार जितलाई सामान्य प्रकृया हो । प्रतिस्पर्धामा भाग लिएर एउटा फरक खालको अनुभव र नयाँ कुराको सिकाई भएको छ,´ चौहान भन्छिन् ।

