काठमाडौं : नेपाली कांग्रेस सुधार अभियान (अण्डर फाेर्टी) को नाममा युवा विद्यार्थीहरूले सानेपास्थित कांग्रेस कार्यालयको मुख्य गेटमा आइतबार तालाबन्दी गरे। नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमाल, तरुण नेता सुवन गिरि, विधार्थी नेताहरु प्रेमिका रानामर, भुवन भट्ट, धरणम शाहि, मनिस रायमाझि, एनजोर कार्कि, पुजन गन्धर्व, बिक्रमादित्य सिंहगिरि, जगजजंग विष्ट, बिनोद शाही लगायतको अगुवाइमा ३ बुँदे मागसहित युवा विद्यार्थीले प्रदर्शन गरी मुख्य गेटमा तालाबन्दी गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ललितपुरको धोविघाटस्थित एक होटलमा बसेको बैठकले केन्द्रिय समिति बैठक १८गते सम्मलाई स्थगित गरेपछि युवाहरुको नियमित महाधिवशन र युवाहरुको सुनिश्चितता, नियमित महाधिवेशन गर्न नसके वर्तमान केन्द्रीय समिति बिगठन, ४०वर्ष मुनिका ४०प्रतिशत युवाहरुको पार्टि भित्र वडा देखि केन्द्र सम्म, हरेक तहको निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित हुनुनपर्ने मागहरु राखेर काँग्रेसलाई अनिर्णयको बन्दि वनाइनु नहुने भन्दै तालाबनदि गरेका थिए ।
भोलि दिउँसो १ बजे केन्द्रीय समिति बैठक सानेपामै बस्दैछ।
तर तालाबन्दी गरेकाहरूले आफूहरूका माग पूरा नभएसम्म ताला नखोल्ने अडान लिएका छन्।
‘पार्टी केन्द्रीय कार्यालय हामीले तालाबन्दी गरेका छौं, हाम्रो मागलाई नजरअन्दाज गरे त्यसको जिम्मेवारी स्वयम पार्टीको उच्च नेतृत्वले लिनुपर्छ,’ युवा नेता सुवन गिरिले भने।

युवाहरुका मागलाई पार्टले नजरआन्दाज गर्न मिल्दैन्, यो देशभिका युवा, काँग्रेसजन र आम लोकतन्त्रवादिहरुको भावना हो । दुइचार जना केन्द्रका नेता, पदाधिकारीहरुको काँग्रेसलाई अनिर्णयको बन्दि बनाउने अधिकार छैन् । काँग्रेस सुधार अभियानकै अभियान्ता, युवा नेता ई. भुवन भट्टले बताए ।

कार्यवाह सभापति, दुइजना महामन्त्री लगायत सबै पदाधिकारि युवाहरुका मागमा जिम्मेवार बन्नुपर्ने युवाहरुको माग छ । आज नयाँ पुस्ताले खोजेको के हो, पार्टिले नसुन्ने हो भने परिस्थिति कठिन अवस्था आउन सक्नले नेता भट्टले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर