रामप्रसाद दाहाल । मित्र पत्रकार मन्त्री जगदीश खरेललाई बधाई । अचाक्ली खुसीसंगै मेराे प्रश्न:
१. जेनजी आन्दाेलनमा गाेली खाएका र कर्म गर्दागर्दै घाईते भएका पत्रकार, आगजनी र ताेडफाेडमा परेका संचार गृह, संचार उपकरण र सवारी साधन लुटिएका वा आगजनी गरिएका सन्दर्भमा के गर्नुहुुन्छ ?
२. देशका सबै श्रमजीवी पत्रकारले नियमित पारिश्रमिक, बक्याैता र दशै खर्च पाउँछन् ? नदिने संचार गृहलाई के गर्नुहुन्छ ?
३. मिडियाले सरकारबाट पाउने भुक्तानी दशैं अगावै दिलाउनु हुन्छ ? लाेक कल्याणकारी विज्ञापन अब अनलाइन, रेडियोले पनि पाउँछन्?
४..अबरुद्ध माैलिक हक खाेलेर अनलाइन दर्ता, नवीकरण र संचालनकाे वातावरण कहिले बन्छ?
५. प्रेस काउन्सिलले अनलाइन बन्द र पत्रकार पक्राउ गर्न लेख्ने पत्र अब लेखिन्न ?
६. युटुव संचालनकाे व्यवस्था गर्नुहुन्छ ?
७. आर्थिक रूपमा जर्जर संचार क्षेत्रका लागि के गर्नुहुन्छ ?
८.पत्रकारकाे न्युनतम पारिश्रमिक नबढेकाे आठ वर्ष भयाे, बढाउन र कार्यान्वयन गराउन सक्नुहुन्छ ? साथै पत्रकारलाई अनिवार्य सामाजिक सुरक्षा काेषमा आबद्द गराउन के गर्नुहुन्छ ?
९. प्रेेस स्वतन्त्रता नियन्त्रण गर्ने ध्येयले ल्याइएका र ल्याउन लागिएका नीति के गर्नुहुन्छ ?
१०. नागरिककाे सूूचना र अभिव्यक्ति स्वतन्त्रता थप फराकिलो बनाउन सक्नुहुन्छ ?

( दाहाल पत्रकार महासंघका महासचिव हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर