काठमाडौं । गैर आवसिय सस्था (एनआरएन) मलेसियाले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा तीन सय नेपालीहरुको उपस्थितिमा कार्यक्रम भएको छ ।

तिज विशेष कार्यक्रम एनआरनए, मलेसियाका अध्यक्ष राकेश कुमार महतोको अगुवाइमा भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली दूतावास मलेसियाका प्रतिनिधिहरु, मलेसियामा व्यावसाय गरिबसेका नेपालीहरुको उपस्थिति थियो ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अनिल बोगटीलाई विशेष सम्मान गरेको छ । प्रवासमा पनि नेपालीहरुले हाम्रो सस्कृतिलाइ बचाएको र सम्मानबाट धेरै खुसी भएको उपाध्यक्ष बोगटीले श्रोतलाई बताएको छ ।

कार्यक्रममा नेपाली कलाकार अन्जली रेग्मी लगायतको साङितिक प्रस्तुतिमा नेपालीहरु झुमेका थिए । युवा संघ नेपालका उपाध्यक्ष बोगटी गैरआवसिय संघ, मलेसियाद्वारा सम्मानित ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर