काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र बहुमुखी क्याम्पस कार्यसमितिले यसै श्रावण १२ गते देखि १४ गते सम्म ‘स्किल अप: स्टार्ट अप , डिजिटल अर्थतन्त्र एण्ड वित्तीय साक्षरता ‘ को ३ दिने सत्र सम्पन्न गरेको छ। पढाइ सँगसँगै सीप र क्षमताको अभिबृद्धि गर्न अपरिहार्य रहेको महसुस गर्दै स्ववियुले प्रत्येक महिना फरक फरक शीर्षकमा ‘स्किल अप ‘ का सत्रहरू सञ्चालन गर्दै आएको छ।
पहिलो सत्रमा ‘ रिसर्च राईटिङ तथा आर्टिफिसियल इन्टिलिजेन्स ‘ मा सम्पन्न गरेकोमा यस पटक ३ दिने सत्र चलाएको स्ववियुले जानकारी दिएको छ। त्रिचन्द्र बहुमुखी क्याम्पस देशकै पहिलो क्याम्पस हो। यस क्याम्पसमा १६ वर्ष पछि भएको स्ववियु चुनाव निकै रोचक थियो जसमा गोविन्द कोइरालाको नेविसंघ प्यानलले दोब्बर तेब्बर मतका साथ चुनाव जितेको थियो।

“स्किल अप, हाम्रो चुनावी घोषणा पत्रमा उल्लेखित विषय हो र यसमा हामी प्रतिबद्ध छौ। विद्यार्थीको प्राथमिकता अध्ययन मात्र नभएर डिग्री संग सँगै कमाई र रोजगारी रहेको तर हाम्रा पाठ्यक्रममा ले रोजगारीको सुनिश्चतता गर्न नसक्ने भएकोले हामिलेनै सीप र क्षमताका लागि पहल गरेका छौं।” स्ववियु सभापति कोइराला भन्छन् ” विश्वभरका उत्कृष्ट विश्वविद्यालयले आफ्ना ६०-९० % विद्यार्थीलाई इन्कुबेसन सेन्टर मार्फत क्षमता पहिचान गर्छन् र आइडियालाई स्टार्टअप वा मूर्त रूप दिन आवश्यक सबै सहजीकरण गर्छन् , उनीहरूलाई पढ्दै कमाउन पार्टटाइम जवको पनि व्यवस्था गर्छन्, तर हाम्रोमा कुनै कार्य अगाडि बढ्न सकेको छैन।”

स्टार्टअप र लगानीको वातावरण बनाउन सरकारले ऋण तथा अनुदानका दायरालाई अझै बढाउनु पर्ने उनको भनाइ छ।
क्याम्पसको हलमा सम्पन्न सत्रहरुमा पहिलो दिन स्टार्टअप सम्बन्धी ३ सत्र भए जसमा युवा व्यवसायी तथा सामाजिक अभियान्ताहरु प्रदीप खतिवडा, स्वर्ना ताम्राकार तथा पृथ्वी कल्याण पराजुलीले सम्बोधन गरे भने दोस्रो दिन डिजिटल इकोनोमी अन्तर्गत रहेर आरके दाहाल तथा विश्वास पोखरेलले को विशेष वर्कसप रह्यो। त्यस्तै तेस्रो तथा अन्तिम दिन अर्थशास्त्रीहरु, व्यवसायी तथा विश्लेषकहरु अरुण कुमार सुवेदी , डा रेवन्त कुमार कार्की तथा अधिराज रेग्मीले महत्वपूर्ण विषयमा सुसूचित गरे।



