काठमाडौं। एनोनेमोअस ब्याण्डले आफ्नो पहिलो प्रस्तुती सार्वजनिक गरेको छ। भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी ब्याण्डले ‘बुद्धको देशमा’ बोलको पहिलो गीत सार्वजनिक गरेको हो।
गीतमा बुद्धको देशमा शान्ती नभएकाले शान्तीको कमना गरिएको छ। भिडियोमा राजा विरेन्द्रको वंश नाश सँगै देशको राजनितक अस्थिरता, भुक्कप, बाढिपहिरो लगायतका दृश्य देखाइएको छ।
गीतमा ब्याण्डका संस्थापक राम ज्यापुको स्वर रहेको छ। उनका अनुसार यो गीत २०५८ साल देखि नै लेख्न सूरु गरिएको हो। ब्याण्डका अन्य टिम बाहिर रहेकाले समयमा यो गीत सार्वजनिक गर्न नसकिएको उनको भनाई छ।
‘केहि समय अन्य साथी हरु बाहिर थिए ,गीत पहिला नै सार्वजनिक गर्नुपर्ने थियो। सकिएन। अब सबै साथिहरु सँगै छौ ,अब निरन्नतरता दिन्छौँ। देश विदेशभरि कार्यक्रम गर्ने योजना पनि छ ‘ ज्यापुले भने।
उनले हालै ३ गीत तयार भइसकेको र थप ५ गीत तयार गर्ने योजना रहेको समेत बताए।



