मुमाराम खनाल ।
पंचायतकालभरि राजनीतिक अधिकारको संदर्भमा विद्यार्थी संगठनको औचित्य र केन्द्रिकृत संरचनात्मक ढाँचा धेरै हदसम्म आवश्यक थियो। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको कालमा विद्यार्थी संगठनको औचित्य ‘vertical’ होइन, क्याम्पसको इकाई तह अर्थात ‘horizontal’ प्रकारको हुनुपथ्र्यो। र, आंशिक हदसम्म स्वीकार्य हुन सक्थ्यो।
दुर्भाग्य, २०६२/६३ सालको आन्दोलनपछि नेपालको विद्यार्थी आन्दोलन बियरको पैसा उठाउने नाम मात्रका विद्यार्थी गुण्डाको जीवनस्तरमा गिरेको छ। यसले सुशासनलाई सिद्धाएको छ, शिक्षालाई सिद्धाएको छ र आफैलाई झन् धेरै सिद्धाएको छ। सबै राजनीतिक कुकृत्यका किर्तिमान कायम गरेका काँग्रेस, एमाले र माओवादी नामका दलीय बदनाम नेतागणहरू- नपढ्ने गुण्डाहरूको नेतृत्वमा रहेका आआफ्ना विद्यार्थी संगठनहरू खारेज गर।



