काठमाडौँ । गायिका सुनिता दुलालको नयाँ गीत ‘ओ बड्डा सार्वजनिक गरिएको छ । उनले आफ्नो अफिसियल युट्युब मार्फत सार्वजनिक गीत गायनमा उनलाई चक्र बमले साथ दिएका छन् ।
निकै आकर्षक तवरबाट डान्सिङ शैलीमा तयार गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन गम्भीर बिष्टले गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ।



