काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल गरिएको छ।
आइतबार सिंहदरबारमा बसेको बैठकले समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल गरेको हो। उक्त छलफलमा समिति सभापति माया प्रसाद शर्माले समितिमा आएका हरेक विधेयहरुको छलफल गर्नुपर्ने बताएका छन्। उनले विधेयकहरु हामी सबैको जानकारीको विषय हुने भएकाले प्रत्यायोजित विधायन छलफल गनुपर्ने बताएका हुन्।
उनले भने, ‘समितिमा आएका हरेक विधेयहरुको हामीले छलफल गर्नुपर्ने छ। साथै राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमा पनि छलफल गर्नुपर्ने छ। सबैको सुझाव सल्लाहले मात्र प्रतिवेदन हामी पेस गर्ने हो। हामीले गर्नुपर्ने काम के –के छन् त्यो सबैको विषयमा छलफल गर्न जरुरी छ।
विधेयक माथिको छलफलको कुरा छ यो हाम्रो प्रत्यायोजित विधायनसँग एकदमै सम्बन्धित छ। हरेक विधेयकको बारेमा जानकारी लिनु हाम्रो अधिकारको कुरा हो।’



