काठमाडौं : नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरूण दल महाधिवेशनतर्फ अघि बढेकाे छ । तरूण दलले जिल्ला अधिवेशनका लागि विभिन्न जिल्लामा प्रतिनिधि नै ताेकेकाे छ ।
शुक्रबार तरूण दलले २१ जिल्लामा प्रतिनिधि ताेकेकाे दलका केन्द्रीय सदस्य प्रेम शाही ठकुरीले जानकारी दिए । उनका अनुसार काठमाडौं, भक्तपुर, धादिङ, साेलुखुम्बु, बझाङ, सुर्खेत,कास्कीसहितका २१ जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला प्रतिनिधि ताेकिएकाे छ ।
कुन जिल्लामा काे प्रतिनिधि ?




