काठमाडौं : शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद प्रकाश पण्डित नियुक्त भएका छन् । आइतबार पण्डितले कार्यभार सम्हालेका हुन् ।

नगर विकास कोष कार्यकारी निर्देशक छनौट समितिले चितवनका पण्डितको नाम सिफारिस गरेको थियो । सोही अनुसार पण्डित नियुक्त भएका हुन् । पण्डित नेपाल इन्जिनियर्स एसोसियसनका महासचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको