काठमाडौं : नेपाल विद्यार्थी संघले विद्यालयमा प्रयोग हुने गीतसङ्गीतमा रोयल्टी माग गर्नु आपत्तिजनक भएकाे बताएकाे छ ।रोयल्टी संकलन समाज नेपालद्वारा संगीत रोयल्टी संकलन गर्न एजेन्सीको रुपमा नियुक्त शिव म्युजिक प्रा.लि ले २०८१ साल जेठ ३२ गते विद्यालयहरूलाई रोयल्टी तिरेर पूर्वअनुमति लिइ मात्र गीतसङ्गीतको प्रयोग गर्नुपर्ने अन्यथा ऐन बमोजिम दण्ड सजाय हुने भन्ने बेहोराको पत्र पठाएकाे थियाे । साे पत्रप्रति नेविसंघको  केन्द्रीय कार्यसमिति गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएको छ ।

स्रष्टाको उच्च सम्मान र बौद्धिक सम्पत्तिको सुरक्षा हामी सबैको साझा दायित्व भएको तर विद्यार्थीले विद्यालयमा हाता भित्र सार्वजनिक भैसकेका गीतसंगीतको प्रयोग गर्दा उक्त गीतसङ्गीतको रोयल्टी माग गर्नु अव्यवहारिक भएको नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवाल ले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको