काठमाडौं : नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले श्रमका लागि जिदेश जानेहरुका हकमा लागू गरिएको बिमाको शर्तहरु सच्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् । आज संसदमा शून्य समयमा बोल्दै सांसद गौतमले अहिले खाडी देशहरुमा दैनिक आठ घण्टा काम गर्ने समय तोकेर त्यति समयअवधी भरका लागि मात्रै बिमाको ब्यबस्था रहेकोमा सच्याउन माग गरेकी हुन् । उनले भनिन्, ‘कामका लागि विदेश जानेहरूको हकमा लागू गरीएका बिमाका सर्तहरूलाई सच्याई कम्पनीले जिम्मा लिएको अवधि अर्थात २४ घण्टा नै बिमाको ब्यब्स्था मिलाउन र मृतकका परिवारलाई क्षतिपुर्ति दिलाउन गम्भीरतापुर्वक पहलकदमी गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’

सांसद गौतमले श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेर धेरै नेपालीहरु खाडी मुलुकमा श्रपमा लासगि गएको र उनीहरुको सुरक्षामा ध्यान दिनुपर्नेमा पनि जोड दिइन् ।
यी देशहरूमा दैनिक आठ घण्टा काम गर्ने समय तोकेर त्यति समयअवधी भरका लागि मात्रै बिमाको ब्यबस्था हुने गरेको छ।
‘देश रेमिट्यान्सको आयले धानेको छ । प्रत्येक बर्ष कामका सिलसिलामा बिदेसिनेको संख्या बढ्दो छ । साथै मृत्युु हुनेको संख्या पनि बढ्दो छ। प्रत्येक दिन सरदर ४ जनाको शव बाकसमा भित्री रहेको यथार्थ छ । १५ बर्षमा बिदेशी श्रम गन्तव्य अर्थात् खाडी मुलुकहरुबाट मात्रै मृत्यु हुनेको संख्या ११ सय ७ सय ६० रहेकोछ,’ उनले भनिन्, ‘ बिदेशमा मृत्यु भइ क्षतिपुर्ति पाउनुपर्ने न्युनतम अधिकार हो। मृत्यु भएको संख्यामा जम्मा २२ सय श्रमिकका परिवारले मात्रै क्षतिपुर्ती पाएका छन भने बाकिं ८१ प्रतिशत परिवार यो अधिकार वाट वन्चित छन् । रेमिट्यान्स आयको मानविय मुल्य खोजिरहेका छन् । ’

उनले कामका लागि बिदेश जानेहरूको हकमा लागू गरीएका बिमाका सर्तहरूलाई सच्याई कम्पनीले जिम्मा लिएको अवधि अर्थात २४ घण्टा नै बिमाको व्यवस्था मिलाउन र मृतकका परिवारलाई क्षतिपुर्ति दिलाउन गम्भीरतापुर्वक पहलकदमी गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको