जुम्ला :   जुम्ला स्थित हिमाली रम्बा आधारभूत आवासीय विद्यालयलाई नेपाल विद्यार्थी संघले सहयाेेग गरेकाे छ ।  जेष्ठ २८ गते नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिको पहल र जिल्ला कार्य समिति, जुम्लाको संयोजनमा गुठीचौर गा.पा -१, जुम्ला स्थित हिमाली रम्बा आधारभूत आवासीय विद्यालय लाई शैक्षिक, खेलकुद एवं खाद्यान्न सामग्री वितरण गरेको हाे ।

उक्त शैक्षिक, खेलकुद एवं खाद्यान्न सामग्री वितरण कार्यक्रममा गुठीचौर गाउँपालिका का अध्यक्ष दान बहादुर बुढा र सोही पालिकाको वडा नं. १ का वडा अध्यक्ष अर्जुन महतारा समेत उपस्थित थिए ।

हिमाली रम्बा आधारभूत आवासीय विद्यालयमा हाल ४२ जना विद्यार्थी पठनपाठन गर्छन भने अधिकांश बालबालिका अभिभावक विहीन छन्।

सहयाेग हस्तान्तरण कार्यक्रममा नेविसंघका प्रवक्ता सुरज सेजुवालले प्रारम्भिक बालविकास विद्यार्थीलाई नेपाल सरकारले प्रदान गर्दै आइरहेको दिवा खाजाको रकम पालिका स्तरबाट समेत थप वृद्धि गर्न आग्रह गरे । उनले विद्यालयलाई नेविसंघले आगामी दिनमा पनि सहयाेग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको