काठमाडौँ । देशभरका रिकन्डिसन अटाे व्यवसायीकाे साझा संस्था नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा नयाँ नेतृत्व निर्वाचित भएकाे छ ।  अध्यक्षमा रमेश प्रसाद कोइराला  निर्वाचित हुँदा लाेकप्रिय मतका साथ (८० मत) कान्छा उमेदवार मनिषराज पाण्डे निर्वाचित  भए ।  शनिवार काठमाडौँमा भएको द्रोश्रो राष्ट्रिय अधिवेशन- २०८१ बाट १५ सदस्यीय नयाँ समिति निर्वाचित भएको हो ।कूल देशभरका १५० मतदाता सहभागी थिए ।

नवनिर्वाचित सदस्य , अश्री अटाेवर्क्स बाैद्दका सञ्चालक पाण्ड्ले   अत्यधिक मतका साथ निर्वाचित गरेकाे भन्दै सबैलाई आभार व्यक्त गरेका छन् । ` तपाईहरूकाे विश्वासले थप जिम्मेवारी बढाएकाे छ । हाम्रा क्षेत्रका समस्या हल गर्न र याे क्षेत्रलाई अझ राम्राे बनाउन नवनिर्वाचित कार्यसमितिले इमान्दार रूपमा काम गर्नेछ,´ पाण्डेले भने ।

नव निर्वाचित टिम:

अध्यक्षरमेश प्रसाद कोइराला
बरिष्ठ उपाध्यक्ष: राजकुमार देवकोटा
उपाध्यक्ष: प्रविन लामिछाने
महासचिव: कुमार बोगटी
सचिव: डुक्पा घले
सचिव: अमित अधिकारी
कोषाध्यक्ष: प्रदिप राना मगर
सह कोषाध्यक्ष: राजेन्द्रमान श्रेष्ठ
सदस्यहरु:
मनिष राज पाण्डे
देवेन्द्र कुमार श्रेष्ठ
नेत्र तिमल्सिना
मुक्तिनाथ न्यौपाने शन्तोष
रुद्र ढुंगाना
अशोक धिताल
टोक बहादुर पौडेल अर्जुन

कोषाध्यक्ष प्रदिप राना मगर भने सर्ववसम्मत भए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको