काठमाडौं :  नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछाने विरुद्द र सरकारको रवैयाविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । राँके जुलुसलाई तरुण दल अध्यक्ष विद्वान गुरुङले मसाल बालेर शुरूवात गरेका थिए । नेपाल तरुण दल केन्द्रीय सदस्य सुशील बुढाथोकीले कोटेश्वरमा जुलुसकाे संयाेजन गरेका थिए ।

नालायक गृहमन्त्री राजिनामा दे ,जिवि राई कहाँ छ रवि लाई थाहा छ जस्ता नारा तरुणहरुले लगाएका थिए । कोटेश्वरमा तरूण दलकाे जुलुस निस्कने खबरपछि बाक्लाे सँख्यामा प्रहरी परिचालन गरिएकाे थियाे ।  राँके जुलुस कोटेश्वरचोकमा गएर परिणत भएको थियाे । सभालाई अध्यक्ष गुरूङर केन्द्रीय सदस्य अशाेक झा, तरूण दल  काठमाडौं सचिव दिनेशविक्रम शाहले सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको