काठमाडौं : नेविसंघका अध्यक्ष दुजाङ शेर्पाल क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्विकार गरेकाे निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। अमेरिकी दूतावासले आज क्रिकेटर लामिछानेलाई भिसा दिन अस्विकार गरेकाे थियाे।

सन्दीप गाैशाला २६ बलात्कार प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट दाेषी भएपनि उच्च अदालत पाटनबाट सफाई पाएपछि नेपाल क्रिकेट संघले अमेरिकामा हुन् लागेका प्रतियोगितामा उनलाई समावेश गराउने निर्णय गरेकाे थियाे।

`सम्मानित अदालत वाट सफाई पाईसकेका र नेपाल क्रिकेट संघले आधिकारिक रुपमा आइसीसीलाई पत्राचार गरेर आसन्न विश्वकपका लागि नेपाली राष्ट्रिय टोलिमा समावेश गर्न जोडदार माग गर्दछु,´ अध्यक्ष शेर्पाले भनेका छन्,`साथै अमेरिकन राजदूतावासलाई भिसा नदिने निर्णय पुनर्विचार गर्न अनुरोध गर्दछु।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको