काठमाडौ : नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सहकारी ठग गृहमन्त्रालयमा नभई जेलमा बस्नुपर्ने बताएका छन्। सहकारी ठगिमा मुछिएका गृहमन्त्री रवि लामिछाने आज संसदमा बाेलेलगत्तै शाहीले यस्ताे प्रतिक्रिया दिएमा हुन्।
`सहकारी ठग गृह मन्त्रालयमा बस्ने होइन जेलमा बस्ने हो। तर हाम्रो देशको दुर्भाग्य जो महाठग छ उसकै फुर्ति ठुलो ? नैतिकता, इमान्दारिता सबै खोलामा भयपछि कसैको केहि लाग्दैन´,शाहीले आफ्नो फेसबुकवालमा लेखेका छन्।
त्यस्तै कांग्रेस नेता शाहीले संसदमा लामिछानेपछि कांग्रेसलाई बाेल्न नदिएकाेमा पनि आपत्ति जनाएका छन्। लोकतन्त्रमा सबैलाइ बोल्ने अधिकार हुनु पर्छ ठिकै छ तर आज संसदमा सहकारी महाठगले चाहिँ बोल्न पाउने अनि काङ्ग्रेसका सांसदले चाहि बोल्न नपाउने ? यो कस्तो तरिका हो ? ,´शाहीले हुलाकपाेस्टसँग भने,
जो चोर उसैको ठुलो स्वर ? अनि लोकतन्त्रमा बोल्न पाउनु पर्छ भनेर रबिले बोल्न पाउने अरुले बोल्नै नपाउने ? लोकतन्त्रमा बोल्न पाउनु पर्छ भनेको ठिकै होला केहि इमान्दारिता, नैतिकता देखाउलान र राजीनामा दिन्छ होला भनेको त उल्टो बकवास गरेर तल्लो स्तरमा उत्रेर, जथाभावी बोलेर पो गय त सहकारी ठगजि त।´उनले जेलमा हुनुपर्ने सहकारी ठग गृहमन्त्री हुनु देशको दुर्भाग्य भएकाे बताए।`जो महाठग छ उसकै फुर्ति ठुलो ? नैतिकता, इमान्दारिता सबै खोलामा भयपछि कसैको केहि लाग्दैन´, शाहीले भने।




