काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ८ मा पुनः निर्माण र जीर्णोद्वार गरिएको सीताराम रामेश्वर धाम मन्दिरको मेयर उपेन्द्र कार्कीले उद्घाटन गरेका छन्।

बुधबार रामनवमीको अवसरमा मेयर कार्कीले मन्दिर उद्घाटन गरेका हुन्। नगरपालिकाको १२ लाख सहयोग र स्थानीयबाट चन्दाबाट प्राप्त २२ लाख गरि ३४ लाखमा मन्दिरकाे जिर्णाेद्वार गरिएको थियाे।

०४६ सालमा निर्माण गरिएको पुरानो मन्दिर क्षेत्रको शिव मन्दिर, राम मन्दिर, कम्पाउण्ड, मूल गेट निर्माण र ढुंगा ओछ्याउने कार्य पनि सम्पन्न भएकाे छ।

उद्घाटनपछि मेयरकार्कीले आगामी दिनमा पनि मन्दिर संरक्षणको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए। उनले यस्ता इतिहास बोकेका ठाउँको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिँदै मन्दिर ब्यबस्थापन समिति र चन्दादातालाई धन्यवाद पनि दिए। `नयाँ मन्दिर बनाउनुभन्दा पनि अब पुराना र इतिहास बोकेका मन्दिर र त्यस्ता ठाउँको संरक्षण गर्न आवश्यक छ, मेयर कार्कीले भने।

कार्यक्रममा उपमेयर शान्ता थापा, वडा नम्बर ८ का वडाअध्यक्ष हरिभक्त पुडासैनी, वडा नम्बर १ का अध्यक्ष मकुन्द प्रसाद गजुरेललगायतले शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको