तेहरान, १९ कार्तिक । सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरेको वार्षिकोत्सव मनाउँदै हजारौं इरानीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा देशभर जुलुस निकालेका छन् ।
सो क्रममा तिनीहरूले इजरायललाई वाशिंगटनले दिएको समर्थनको निन्दा गरेका छन्, जसले हमास विरुद्धको युद्धमा गाजा पट्टीमा निरन्तर बमबारी गरिरहेको छ। शनिबारको र्याली, जुन राज्यले आह्वान गरेको थियो । इजरायल–हमास युद्ध चौथो हप्तामा प्रवेश गरेपछि यो बिशाल र्याली आयोजना गरिएको थियो ।
अक्टोबर ७ मा इजरायलमा हमासको अचम्मको आक्रमणमा लगभग १४०० मानिस मारिएका थिए, जबकि २२० भन्दा बढीलाइ बन्धक बनाइएको छ । इजरायलले त्यसको जवाफी कारबाही गर्दा हालसम्म ९,४०० भन्दा बढी प्यालेस्टिनी नागरिक मारिइसकेका छन ।
स्मरण रहोस, नोभेम्बर ४, १९७९ इरानको अमेरिकी समर्थित सम्राटको पतन पछि भएको टेकओभर गर्न मात्रै ४४४ दिनसम्म लागेको थियो, जसमा ५२ अमेरिकी अधिकारीहरूलाई बन्दी बनाइएको थियो ।
सो दिनको सम्झनामा गरिएको प्रदर्शनको अन्त्यमा प्रदर्शनकारीहरूको तर्फबाट प्रकाशित एक विज्ञप्तिमा गाजामा तत्काल युद्धविरामको लागी आह्वान गरिएको छ । र, संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम र फ्रान्सलाई चेतावनी दिइएको छ कि यस क्षेत्रमा संकट विस्तार हुन सक्छ, त्यो बेलैमा ख्याल गर्न जरूरी छ ।
तेहरानमा प्रदर्शनकारीहरूले इरानको राजधानीको मुटुमा रहेको प्यालेस्टाइन स्क्वायरबाट केही किलोमिटर टाढाको पूर्व अमेरिकी दूतावाससम्म र्याली गरेका हुनु । र्यालीभर ‘अमेरिका मुर्दाबाद’ र ‘इजरायल मुर्दाबाद’ को नारा गुन्जिएको थियो।



