काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले भेट गरेका छन् ।भण्डारीले मंगलबार सुुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर नेता खाणलाई भेटेका कारागार प्रशासनले जनाएको छ ।

भेटमा खाणले भण्डारीलाई स्वास्थ्य अवस्थाबारे सोधेका थिए । खाँण र भण्डारी नेविसंघदेखि नै सँगै काम गरेका नेता हुन् ।उनीहरूबीच आधा घण्टा बढी कुराकानी भएको थियो ।

खाण र  भण्डारी एउटै प्रदेशका भए पनि पार्टीभित्र भने गुट फरक छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको