काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता मोहनकुमार श्रेष्ठले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको व्यवहार अशोभनीय भएको बताएका छन् । मेयर साम्पाङले हिन्दुहरू प्रति निरन्तर तुच्छ गालीको भाषा बोलेर सनातन धर्म संस्कृति प्रति भ्रम पैदा गरेको बताएका हुन् ।

मन्दिर नजिकै चर्च बनेको विषयमा आन्दोलनरत हिन्दु धर्मावलम्बी विरुद्ध साम्पाङले चेतावनी दिँदै आएका छन् । शालीन प्रतिवाद गरिरहेका स्थानीयमाथि हर्क साम्पाङको हर्कतहरु अशोभनीय र खेदजनक रहेको प्रवक्ता श्रेष्ठले टिप्पणी गरेका छन् । सामाजिक सद्भाव खलबल्याउने, जातीय विद्वेष पैदा गर्ने प्रायोजित काम साम्पाङले अविलम्ब बन्द गर्नुपर्ने बताए ।

पार्टी प्यालेस बनाउने प्रयोजनमा अनुमति लिएर चर्च बनाएको विषय धरानमा विवादित बनेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको