सोलुखुम्बु, ५ मंसिर २०८३ – नेपाली कांग्रेस सोलुखुम्बुको नियमित १५ औं जिल्ला अधिवेशन मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा सम्पन्न भएको छ। अधिवेशनबाट जिल्ला, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको नेतृत्व चयन गरिएको छ।
प्रतिनिधिहरू मध्येबाट सूर्य बहादुर राई जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उत्साहजनक सहभागिताबीच सम्पन्न कार्यक्रममा उनले जिल्ला पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्। उनी अहिले महाकुलुङ्ग गाउपालिकाको अध्यक्ष समेत हुन ।
केन्द्रीय महाधिवेशनका लागि गोकर्ण राई, पदमबहादुर राई, श्रीलाल थापा मगर, मोतीप्रसाद राना मगर, दुर्गाप्रसाद दर्जी, तेजप्रसाद आचार्य तथा युवामा ने बि संघ पुर्व केन्द्रिय सदस्य पारस बस्नेत लगायत ३५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। यी प्रतिनिधिहरूले मङ्सिर २०-२३ गते काठमाडौंमा हुन गइरहेको केन्द्रीय महाधिवेशनमा सोलुखुम्बुको प्रतिनिधित्व गर्नेछन्।
यसैगरी प्रदेश ‘क’ को सभापतिमा वेदनाथ बास्तोला र प्रदेश ‘ख’ को सभापतिमा ए. डी. शेर्पा निर्वाचित भएका छन्। दुवै प्रदेश समितिले पार्टीको संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने जिम्मेवारी पाएका छन्।महाधिवेशनबाट एक नगरपालिका तथा सातैवटा गाउँपालिकाका सभापतिहरू पनि निर्वाचित भएका छन्। यसले जिल्लाका सबै स्थानीय तहमा पार्टीको संगठनात्मक संरचना पूर्ण भएको जनाएको छ।
यस १५औ नियमित महाधिवेशन अन्तर्गतको जिल्ला अधिबेशनले सोलुखुम्बु कांग्रेसको संगठन विस्तार, कार्यकर्ताबीच एकता र स्थानीय विकासका सवालमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको सभापति सुर्य राई बताउँछन।

