काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वाकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्वाकांक्षा बढ्न दिनु नहुने बताए । उनले नेपाली सेनाको महत्वाकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताए । उनले नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भनी प्रश्न गरेका छन् ।

उनले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रिकरण गर्नुपर्ने बताए । उनले नेपाली सेनाभित्र गणतन्त्र नआएको टिप्पणी गरे । उनले राष्ट्रिय सुरक्षा नीतिमा समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिए ।

सांसद गुरुङले भने, ‘हामी सेनालाई व्यापार गर्न दिन्छौँ, ठेक्कापट्टा गर्न दिन्छौं । सुरक्षा र संवेदनशीलताको हिसाबले यो कत्तिको जायज हो रु आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला । हामीले सोच्नु पर्छ, त्यो चिज धेरै महत्वाकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरी त्यस्तो महत्वाकांक्षा बढ्दा के हुन्छ रु हामीले देखेको छौं नि । त्यहाँभित्रका धेरै कुरा लोकतान्त्रिकरण हुन सकेका छैनन् । त्यहाँ गणतन्त्र आएको छैन भन्ने लाग्छ मलाई ।’

सांसद गुरुङले सबै मन्त्रालयका बजेट परम्परावादी भएको पनि बताएका छन् । उनले बजेट मन्त्रालयका सचिव, सहसचिवहरूले बनाएको देखिने भन्दै त्यसबाट माथि उठ्न बजेट निर्माणमा मन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको