काठमाडौं : नेपाल विद्यार्थी संघ काठमाडाैं विश्वविद्यालय कार्यसमितिले काठमाडौं विश्वविद्यालयमा भएका अनियमित एवम् अमर्यादित कार्यको विरुद्ध अनसन शूरू गरेकाे छ । लामो समयदेखी विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउदै आएपनि विश्वविद्यालय प्रशासनले कुनै किसिमको समाधान गर्ने बाटो नखोजेकोले नेविसंघले रिले अनसन सुरु गरेको जनाएकाे छ।

लामो समयसम्मको छलफल र सहमतिको बाबजुत समस्या समाधानको प्रक्रियालाई प्राथमिकतामा नराखी मनोमानी ढङ्गले विश्वविद्यालयका चलेको नेविसंघको आराेप छ । काठमाडौं विश्वविद्यालयमा भएका चरम लापरवाहीको विरुद्ध नेपाल विद्यार्थी संघ विश्वविद्यालय तथा विद्यार्थीहरुको हितका लागी विभिन्न समस्या तथा मुद्धाहरु लिएर प्रशासन समक्ष उपस्थित नेविसंघले उठाएका मुद्दाहरूमा ध्यान नदिएकाले अनसन सुरु गरिएको नेपाल विद्यार्थी संघका अध्यक्ष गणेश थापाले जानकारी दिए।

नेपाल विद्यार्थी संघ काठमाण्डौ विश्वविद्यालय कार्यसमितिका सचिव सुघोष ढुङ्गेल, सचिव प्रशान्त कडेल, नेविसंघले काभ्रे जिल्ला उपाध्यक्ष सौरभ थापा लगायतका विद्यार्थी नेताहरुको अगुवाइमा रिले अनसन सुरु गरिएको छ। ` नेविसंघले उठाएका माग समाधानको बाटो मात्र नभएर समाधान नै नगरी रिले अनसनकाे अन्त्य हुने छैन,´ सचिव ढुङ्गेलले भने ।
यस्तो छ नेविसंघको माग
काठमाडौं विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको अनैतिक , अवैधानिक र अमर्यादित क्रियकलाप र विद्यार्थी कल्याण निर्देशनालयको लापरवाही र जवाफ बिहिन्ताको बिरुद्ध
हाम्रा मागहरु:
१. MBBS अन्तिम ब्याच र MBBS तेस्रो ब्याचको प्रश्नपत्रको गोपनियता भंग गर्ने उपर सत्य तथ्य खोजी कारबाही गर्न
२. परिक्षाको सञ्चालन तथा मर्यादा कायम गर्न आवश्यक व्यवस्था मिलाउन
३. पुनर्योग र पुनः परीक्षण पछि प्राप्ताङकको प्रकाशन १ हप्ता भित्र हुनु पर्ने
४. परिक्षा नियन्त्रण कार्यलयले परिक्षा सकिएको अन्तिम मिति देखी ३० दिन भित्र परिक्षाफल प्रकाशन गर्नुपर्ने
५. मौका परिक्षाको हकमा परिक्षाफल प्रकाशन अन्तिम मिति देखी ३० दिन भित्र मौका परिक्षाफल समेत व्यवस्थापन गर्नुपर्ने
६. चौथो वर्षको विद्यार्थीको हकमा अन्तिम परिक्षाफल प्रकाशनको १ हप्ता भित्र विद्यार्थीको ट्रान्सक्रिप्ट माईग्रेसन लगायत प्रमाणपत्र लिन र दिक्षान्त समारोहमा भाग लिन मिल्ने व्यवस्था गर्ने
७. विधार्थी कल्याण परिषदको चुनावको मिति घोषणा गर्नु पर्ने
८. विद्यार्थी कल्याण निर्देशनालयमा परिपत्र गरेको निवेदन प्रति कारवाही गर्नु पर्ने





