काठमाडौं : पद्मकन्या बहुमुखी क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनले ५ लाख राशीकाे अक्षय काेष स्थापना गरेकाे छ।
फाउन्डेसनकाेतर्फबाट सिर्जना सिंहले अक्षय काेषका लागि ५ लाख राशीकाे चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन्। पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबिच अक्षयकाेष स्थापना गरिएकाे हाे।
पद्मकन्या क्याम्पसकाे राजनीतिशास्त्रका विद्यार्थीका लागि एम. ए. र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय काेषबाट छात्रवृत्ति दिईनेछ। क्याम्पस प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधानले अक्षयकाेष स्थापनाले आफूहरू उत्साही भएकाे भन्दै फाउन्डेसनलाई धन्यवाद दिइन्। उनले पद्मकन्या स्थापनामा समेत मंगलादेवी सिंहकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताईन्।

फाउन्डेसनकाेतर्फबाट बाेल्दै नेतृ सिंहले नेपालकाे राजनीतिमा मंगलनलेवी सिंहकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताइन्। महिलाहरूका लागि छुट्टै विद्यालय र क्याम्पस स्थापनाका लागि मंगलादेवी सिंहले गरेकाे संघर्षकाे चर्चा गरेकी थिइन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गाैतम र राष्ट्रिय सभा सदस्य विष्णुमाया पुडासैनीले अक्षयकाेषकाे स्थापनाले गरिब , जेहेनदार विद्यार्थीलाई अध्ययनमा सहयाेग पुग्ने विश्वास व्यक्त गरे।




