स्मृति मल्ल ।

बकवासको सिलसिला बन्द गर्नुस् रवि लामिछाने । कतिवटा पत्रिका? कतिवटा टिभी र अन्य कुन कुन र कति संचारमाध्ययमले तपाईको बिरुद्ध लेखे? कतिले कति सहि लेखे? कतिले कति गलत लेखे ? तपाईको आरोप प्रत्यारोपको खेल तपाईले ट्याग भिराएका १२ भाईसंग मात्र हो कि पुरा पत्रकारिता क्षेत्रसंग हो ? नेपाली पत्रकारिताको इतिहास पढ्न भ्याउनुभएको छैन भने कोहि दिग्गजसंग त्यसको ब्रिफ मगाउनुस् र पढ्नुस । कमसेकम आफ्नो विगत पेशाको मर्यादा राख्नुस रविजी, खै मैले त आजसम्म तपाईले कान्तिपुरले फ्रन्टलाईनमा तपाईबारे लेखेका भ्रम, लाल्छना, आरोप ( तपाईको दाबी अनुसार) बारे कहिल्यै कुनै मिडियामा उपस्थित भएर सामना गरेको देखेको छैन त । आफैले गरेको पत्रकार सम्मेलन र स्पष्टिकरणलाई तपाई जवाफ भन्नुहोला हामी मान्दैनौ । खै त उत्रनुस त मिडिया ट्रायलमा । दिनुस न मुख बन्दहुने जवाफ ।

हिजो तपाईले गर्दा महान पत्रकारिता ? आज मिडिया ट्रायल ? किन गर्नपर्यो गगनजीलाई भिड्ने च्यालेन्ज ? कस्ले खेद्यो ? कान्तिपुर टिभीले ? ल आउनुस् त कान्तिपुर टिभीको प्राइम आवरमा दिनुस् प्रश्नका जवाफ तपाई गलत होइन नि ? तपाई देशको गृहमन्त्री हो भन्नुस् त ए कान्तिपुर टिभी कति खेद्छौ ल के हो तपाईको प्रश्न, सोध्नुस न.. कान्तिपुरले उसैले उठाएका प्रश्नको जवाफ दिन तपाईलाई कसो १ घण्टा समय नदेला त ? प्रधानमन्त्रीले अन्र्तवार्ता दिन्छन् त । तपाईले दिन नहुने ? अन्त नभए नेपाल टिभी जानुस् प्रश्न गर्न लाउनुस् उत्तर दिनुस् देशको गृहमन्त्रीले झुण्ड बनाएर सामाजिक संजालमा स्पष्टिकरण दिने होइन हुदै होइन ।

कृपया लामो गौरवमय इतिहास बोकेको संचार जगत र राजनीति दुबैको इज्जत गर्नुस् । तपाईसंग सद्भाव राख्ने जमात कतै दिगभ्रमित भएर उल्टो बाटो त गैरहेका छैनन् ? भीडको लगाम समय मै खिच्नुस् ।

( सञ्चारकर्मी मल्लकाे फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको