काठमाडौं : शंकरदेव क्याम्पसमा ४ विद्यार्थी संगठनले विद्यार्थीबाट विभिन्न शिर्षकमा उठाइएकाे पैसा अनियमितता भएकाे भन्दै आर्थिक विवरण माग गरेका छन् । नेविसंघ , अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियुका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारि गर्दै आर्थिक विवरण माग गरेका हुन् ।
विगत केही समयदेखि क्याम्पसमा अनियमितता र अराजकता बढेकाे महसुस भएकाे भन्दै उनीहरूले विद्यार्थीबाट उठाइएकाे पैसा दुरूपयाेगकाे विषय उठाएका छन् । `विद्यार्थीहरूबाट विभिन्न शिर्षकमा उठाइएकाे रकमकाे दुरूपयाेग भएकाे देखिएकाले अहिलेसम्मकाे स्टडेन्ट वेलफेयर फि र स्टुडेन्ट युनियन फिकाे विवरण यथाशिघ्र २४ घण्टाभित्र उपलब्ध गराइदिन ´, माग गरिएकाे छ । तर, यसरी विवरण मागेकाे १० दिनसम्म पनि क्याम्पस प्रशासनले उनीहरूकाे माग सुनुवाई गरेकाे छैन । हिसाव दिन नसक्नुले पनि आफूहरूले गरेकाे आशंका पुष्टि हुने अवस्था देखिएकाे अखिल क्रान्तिकारीका एक नेताले नाम नलेख्ने शर्तमा बताए ।
हेर्नुस् ४ विद्यार्थी संगठनकाे विज्ञप्ति –





