काभ्रे : नेपाल विद्यार्थी संघले केही विद्यार्थी संगठनका कारण काठमाडौं विश्वविद्यालय (केयू) मा पठपाठन अवरुद्घ भएकाे भन्दै विश्वविद्यालयकाे ध्यानाकर्षण गराएकाे छ । आज संघले विश्वविद्यालयमा विद्यार्थीकाे पठनपाठन प्रभावित गर्ने कार्य राेक्न माग गर्दै सराेकारवाला पक्षलाई खबरदारी पनि गरेकाे छ । नेविसंघ काठमाडौं विश्वविद्यालयका सचिव सुघाेष ढुँगेलकाे नेतृत्वमा आज विश्वविद्यालयमा खबरदारी सभा समेत भएकाे छ

`समय परिस्थिति अनुसारको सांगठनिक सक्रियतालाई प्राथमिकतामा राख्दै काठमाडौं विश्वविद्यालयमा अविलम्ब पठनपाठन गर्न सहयोग, सहकार्य र समन्वय गर्दै नेपाल विद्यार्थी संघले विश्वविद्यालयलाई ध्यानाकर्षण गराउँदै आएको छ।, ´ सचिव ढुँगेलले भने, `वर्तमान समयमा काठमाडौं विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठनहरुले सामान्य वार्ता मार्फत समाधान गर्न सकिने मुद्धाहरुको लागि जुन किसिमको आन्दोलनलाई (ताल्चा लगाएर पुरानो प्रवृत्तिको विद्यार्थी राजनीति) प्रोत्साहित गर्दै आएको छ । यसले विद्यार्थीको पठपाठनमा दरार उत्पन्न भएको नेपाल विद्यार्थी संघले महसुस गरेको छ। हामी अब चुप बस्दैनाैं ।´

राजनीति र विद्यार्थी आन्दोलनलाई फरक पाटोमा राखी विश्वविद्यालयलाई गैरराजनीतिक संस्थाको रूपमा निष्पक्ष ढंगले अघि बढ्न नेपाल विद्यार्थी संघ अनुरोध गर्दै प्रशासनलाई ध्यानाकर्षण समेत गराएकाे छ । काठमाडौं विश्वविद्यालयकाे प्राध्यापक संघ, कर्मचारी संगठन र नियुक्तीहरुमा राजनीतिक स्वार्थ हाबी भएकाे छ । यस्ता मुद्धाहरुलाई विशेष रूपमा राखेर नेपाल विद्यार्थी संघ काठमाडौं विश्वविद्यालय कार्यसमितिले बन्द हडताल बन्द गरेर प्रशासनलाई वार्तामा आएर विश्वविद्यालयको कार्यालय निरन्तरता दिन ४८ घण्टाको अल्टिमेटम पनि दिएको छ।


विश्वविद्यालयमा आज आयाेजित खबरदारी सभामा
नेपाल विद्यार्थी संघ काठमाडौं विश्वविद्यालयका अध्यक्ष गणेश थापा, सचिव ढुङ्गेल, नेविसंघ काभ्रेका उपाध्यक्ष सौरभ थापा,नेविसंघ स्कूल अफ इन्जनियरिङ्ग अध्यक्ष नोएल भट्टराई लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर