काठमाडौं : नेपाल विद्यार्थी संघकाे जारी केन्द्रीय समिति वैठकमा केन्द्रीय सदस्य ई.भुवन भट्टले नेविसंघ रुपान्तरणकाे प्रस्ताव पेश गरेका छन् । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई वैठक सुरु हुन अघि केन्द्रीय सदस्य भट्टले ने.वि.संघ रुपान्तरणका लागि प्रस्ताव वुझाएका छन् । वैठक हलमा उपस्थिति केन्द्रीय सदस्यहरुलाई भट्टले आफ्नाे प्रस्ताव वितरण गरे ।

`ने.वि.संघकाे रुपान्तरणका लागि मेराे प्रस्ताव मैले ने.वि.संघ केन्द्रीय समितिका अध्यक्षलाई केन्द्रीय समिति वैठकमा पेश गरि केन्द्रीय सदस्य साथिहरुलाई वितरण गरेकाे छु । आशा छ, मैले पेश गरेकाे प्रस्ताव ने.वि.संघकाे संगठन सुदृढीकरण र रुपान्तरणमा सहयाेगि हुनेछ´, ने.वि.संघ केन्द्रीय सदस्य भुवन भट्टले भने ।

केन्द्रीय सदस्य भट्टले रुपान्तरित ने.वि.संघकाे मार्गचित्र, शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तनमा ने.वि.संघकाे दृढता, भ्रष्टाचार नियन्त्रण र सुशासनकाे व्यवहारिक कार्यान्वयन गराउन ने.वि.संघकाे दृढता, निर्वाचन प्रणालि परिवर्तनका लागि देशव्यापी वहस अभियान, सुशासनमुखि पार्टि र सरकारका लागि खवरदारी, समयसापेक्ष ने.वि.संघकाे ढाँचा, राेजगारिकाे सिर्जना र विदेश पलायन राेक्ने अर्थनीतिमा ने.वि.संघकाे जाेड लगायतका विषयमा आफ्नाे दृष्टिकोण समेटेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर