काठमाडौं :  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफूलाई सत्तारुढ दल रास्वपाका कार्यकर्ताबाट ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिन जान लागेको बताएका छन् । उनले साेमबार भिडियाे सन्देश जारी गर्दै कानुनी उपचारका लागि केन्द्रीय अनुसन्धान ब्यूराे सीआइबी जाने बताएका हुन् ।

`मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा यो रास्वपाको समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की देको रैछ ! यही हो त रास्वपाको समर्थकको लाइन ?’ सांसद साम्पाङले फेसबुकमा लेखेका छन्, ‘आजै सीआईबीमा उजुरी लगाउँदैछौँ ! हेरौँ सीआईबीले काम गर्छ कि गर्दैन ! सरकारको एक पक्षीय दादागिरी रहे देश अराजकताले निल्नेछ !’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको