काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। मन्त्रीमध्ये अधिकांस नयाँ छन् । शिशिर खनाल र विराजभक्त भने मन्त्रीमा दाेहाेरिएका छन् ।
शाहले आजै दिउँसो १२:३४ मा शपथ लिने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैँले सम्हाल्ने छन्। उनीसँगै आजै शपथ लिन लागेको १५ सदस्यीय मन्त्रिमण्डलको सूची –
बालेन शाह — प्रधानमन्त्री
स्वर्णिम वाग्ले — अर्थमन्त्री
शिशिर खनाल — परराष्ट्रमन्त्री
सुदन गुरुङ — गृहमन्त्री
प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
गणेश पौडेल — पर्यटन मन्त्री
अमरेश सिंह — उद्योग मन्त्री
सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
गिता चौधरी – कृषिमन्त्री
सस्मित पोखरेल- शिक्षा मन्त्री
निशा मेहता – स्वास्थ्य मन्त्री
महिला बालबालिका- सीता वादी
सोबिता गौतम- कानुन मन्त्री
ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
विक्रम तिमिल्सिना – सञ्चार मन्त्री



