राजन खत्री, काठमाडाै । शनिवार सेफ एसोसिएसन अफ नेपालको ११ औं कार्यसमिति निर्वाचन काठमाडौं, रानीवारीमा सम्पन्न भएको छ । निर्वाचनबाट अध्यक्ष पदका उम्मेदवार पदम आले मगर निर्वाचित भएका हुन्।
त्यसैगरी आले मगरको कार्यसमितिमा प्रथम उपाध्यक्षको रूपमा प्रेमबहादुर थापा मगर,उपाध्यक्ष सुनिल तामाङ,महासचिव राजकुमार लामा, सचिव रामकृष्ण थापा, कोषाध्यक्ष लक्ष्मण तामाङ साथै सदस्यहरूमा क्रमश:पदम बहादुर मगर,श्री राज केसी,जित मोक्तान,ओम शंकर महर्जन,कमल प्रसाद श्रेष्ठ,राजबहादुर थापा,सरोज कुमार लामा,इन्द्र बहादुर अर्याल,अकबर स्याङतान कु .लामा विजयी भएका छन् ।

नवनिर्वाचित अध्यक्ष आले
कार्यसमितिले आउदो दिनहरुमा संस्थालाई आर्थिक, सामाजिक, भौतिक रूपमा सु- सम्पन्न बनाउदै, एकतापूर्ण रुपले सबै नेपाली सेफहरू मिलीजुली नेपाली खानालाई विश्व माझ चिनाउने योजना रहेको नवनिर्वाचित संस्थाका उपाध्यक्ष सुनिल तामाङले बताए ।
नेपाली पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने र नेपालमा आउने आन्तरिक पर्यटकलाई समेत नेपाली मौलिक खाना चिनाउनुका साथै देशको अर्थतन्त्र मजबुद बनाउन सहयोग गर्ने कार्यसमितिको योजना छ ।
राम्रो गुणस्तरीय खानाको शिक्षा दीने , आफू भन्दा अग्रज लाई सम्मान गर्दै आउदो पुस्तालाई समेत प्रोत्साहित र हौसला प्रदान गर्ने , विश्व माझ नेपाल र नेपाली मौलिक खानालाई चिनाउने कार्यसमितिको उदेश्य रहेको एसोसिएसनका नवनिर्वाचित अध्यक्ष पदम आले मगरले बताए ।



