ललितपुर : उज्यालो नेपाल पार्टीले ललितपुर क्षेत्र नम्बर ३ मा डा.विजय पन्तलाई उमेदवार बनाएको छ । सो पार्टीका अध्यक्ष कुलमान घिसिङले सोमबार पन्तलाई पार्टीकोतर्फबाट टिकट दिएका हुन् । पन्त उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन् । डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता पन्त सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन् । पन्त ललितपुर धापाखेलका स्थानीय हुन् ।

सो क्षेत्रमा यसअघि रास्वपाकी डा.तोसिमा कार्की निर्वाचित भएकी थिइन् । जेनजी आनदोलनपछि स्थापना भएको उज्यालो नेपाल पाटीृमा कुलमान घिसिङ अध्यक्ष छन् । उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बत्तिको चिम छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको