गुलरिया । नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता महेन्द्र शर्मासहित ४ जनाको नाम सिफारिस भएको छ । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष शर्मा कांग्रेसभित्र सैद्धान्तिक, वैचारिक रूपमा ससशक्त, इमानदार र निष्ठावान नेताका रूपमा परिचित छन् ।

शर्मासँगै काम गरेका र उनी अध्यक्ष हुँँदाका कनिष्ठ नेताहरू पार्टी पदाधिकारी र पटक पटक मन्त्री भइसक्दा शर्मा भने हालसम्म कुनै लाभकाे पदमा गएका छैनन् । यसपटक शर्माालाई बर्दियामा उमेदवार बनाउनुपर्नेमा बर्दियाका स्थानीयले सामाजिक सञ्जालमै बहस शुरू गरिसकेका छन् । फागुन २१ गते प्रतिनिधिसभाकाे चुनाव हुँदैछ ।

शर्मा कुनै पदमा नहुँदा पनि संगठन सुदृढीकरणकाे काममा सँधै सक्रिय छन् । उनले नयाँ पुस्ताका लागि कांग्रेसलाई कसरी सान्दर्भिक बनाउन सकिन्छ भन्ने बहस चलाउँदेै आएका थिए ।

साेही क्षेत्रबाट सञ्जयकुमार गौतम, रत्ना थारु, महेन्द्रकुमार शर्मा र गंगाधर पौडेलको नाम सिफारिस भएको बर्दिया कांग्रेसले जनाएको छ ।गौतम २०७०, २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । उनी पूर्वमन्त्री पनि हुन् ।

सिफारिसमा परेका महेन्द्रकुमार शर्मा नेपाल विद्यार्थी संघका पूर्वयक्ष  केन्द्रीय अध्यक्ष तथा कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य हुन् । रत्ना थारू र गंगाधर पौडेल महासमिति सदस्य हुन् ।

प्रतिनिधि सभा समानुपातिकतर्फ मिश्रिलाल यादव, तिलकबहादुर बुढाक्षेत्री, लक्ष्मी ढकाल, रहिस अहमद सिद्धिकी, गोविन्दप्रसाद थारु, कालुराम वि.क. र पुष्पलाल श्रेष्ठको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि अरुणप्रकाश सिंह राठौर, महेन्द्रराज तिवारी र जावेदा खातुनको नाम सिफारिस भएको छ । जावेदना खातुन कांग्रेस केन्द्रीय सदस्य हुन् । अरुणप्रकाश सिंह राठौर जिल्ला सभापति हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको