
सुदन गुरुङ्जी !
सबैलाई जेल हाल्छु भन्दै हिड्नुको अर्थ छैन । यतिखेरै त तपाईसंग एउटा मच्छरलाई पनि जेल हाल्ने तागत छैन भन्ने कुरा सबैलाई थाहा छ ?
तपाईं गृह मन्त्री हो कि ? आइजिपी हो कि? न्यायाधीश हो ? मन नपरेको मानिसलाई समातेर जेल हाल्ने ?! अहिलेसम्म त तपाइको हैसियत एउटा साधारण पुलिसको जति पनि होइन ।
चुनावमा बहुमत प्राप्त गरेर तपाईको सरकार बनेछ भने पुराना पुराना घटना उरलझिरल पारेर मान्छेलाई दुख दिन सक्नु होला तर त्यो बेला पनि देशको कानुनले तपाईको हात बाँध्नेछ ।
एउटा प्रश्न गर्न मनलाग्यो ? झर्को नमानिकन जवाफ दिने कष्ट गर्नुहोला !
तपाइलाई जेन्जी आन्दोलनकर्ताले नेता मानेको कुरा साँचो हो भनेर देशले मानेको छ ।
जेन्जीको आन्दोलनको नाममा देशको सम्पत्ति विध्वंश भएको मात्रै होइन, मान्छेलाई जिउंदै जलाएर पनि मारिएको छ ।
आन्दोलनका नाममा गरिने आपराधिक घटनाबाट कसैले उन्मुक्ती पाउनु हुदैन ।
अर्थात जेन्जीको नाममा भएको राम्रो कामको श्रेय लिनेले गलत कामको जिम्मा लिन्न भन्न पाइन्न ! त्यसको मतलब २४ गते भएको जनधनको क्षतिको जिम्मा आन्दोलनको नेताको हैसियतले तपाईले लिनुपर्छ कि पर्दैन ?! जिम्मा लिनु तपाईको नैतिक दायित्व हो कि होइन ?
हो भने तपाइले पनि जेलको दर्शन गर्नुपर्ने दिन आउनेछ । आउन सक्छ । अपराधले कसैलाई छोड्दैन ।
नेता बन्ने रहर छ भने तौलेर बोल्न सिक्नुहोस । मेरो बानी नै यस्तै हो भनेर सुख पाइदैन । मुखबाट खसेको वचन फिर्ता लिन सकिँदैन ।
(चन्द्रप्रकाश बानियाँकाे फेसबुकबाट)