काठमाडौं : श्री सरस्वती युवा क्लब माकादुम खत्रीगाउँद्वारा आयोजित दशैं विशेष साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा वृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। श्री सरस्वती युवा क्लब माकादुम खत्री गाउँद्वारा आयोजित दशैं विशेष पुरुष भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम खाडादेवी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायण कार्कीकाे प्रमुख अतिथि र बाबुराम कार्की, रिमेश खत्री, नरहरी बुढाथोकी,संस्थापक अध्यक्ष बमबहादुर खत्रीको विशिष्ट अतिथिमा सभ्य र भव्यताका साथ सम्पन्न भएको हाे।

त्यसैगरी यस कार्यक्रमको सह- आयोजक श्री पर्यटन व्यवसायी सहकारी संस्था ,एकीकृत एवं परिवर्तन युवा क्लब रहेको थियो । प्रायोजकको रुपमा खाडादेवी विकास कोष ,जिएन बोर्डिङ स्कुल – माकादुम एम्बुलेन्स संचालक समिति रहेको थियो । कार्यक्रम १३ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको थियो।


समाजमा सामाजिक, आर्थिक परिवर्तन गरी सामाजिक न्याय स्थापना गर्ने जस्तो पवित्र उद्देश्यले लिई २०६४ सालमा स्थापना भएको सरस्वती युवा क्लब खत्रीगाउँले बडादशैं २०८२ को अवसरमा खाँडादेवी गाउँपालिका वडा नं ६ का इच्छुक भलिबल खेलाडीहरूको सहभागितामा प्रतिस्पर्धा मार्फत प्रतिभा प्रस्फुटन गर्दै भलिबल खेल प्रवर्धन गरेको छ । उक्त पुरुष भलिबल खेल प्रतियोगितामा खेलप्रेमी पुरुष तथा महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

त्यसैगरी बृहत सांस्कृतिक कार्यक्रम तर्फ कलाकार एवं जादुगर रमेश खत्रीको जादु र सिन्धुलीकालाघरका अध्यक्ष सुमन थापा मगरको साङ्गीतिक प्रस्तुति साथै उहाँको सिङ्गो टिमको बेजोड कला प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।
आफ्नो मन्तव्यको क्रममा यसै कार्यक्रमका प्रमुख अतिथि नारायण कार्कीले यस्ता सांस्कृतिक कार्यक्रमले हाम्रो मौलिक कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयाे।
बडादशैं जस्तो सास्कृतिक पर्वमा अवसरमा आयोजित यस्ता कार्यक्रमले सम्पूर्ण माकादुम वासीहरुमा सामाजिक सदभाव, भाइचारा र सामूहिक भावनाको विकासमा कोसेढुङ्गा सावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको