
काठमाडौं : वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जेेनजी आन्दोलनपछि गठित उच्चस्तरीय जाँचबुझ आयाेगका अध्यक्ष गाैरीबहादुर कार्कीकाे राजीनामा माग गरेका छन् । नेपाल बार एसाेसियसनका पूर्व उपाध्यक्ष समेत रहिसकेका भट्टराईले यस्ताे माग गरेका हुन् । `गौरी ब कार्कीले आयोग गठन पुर्व नै निश्चित धारणा बनाएको भनी सार्बजनिक तथ्य यदि सहि हो भने उहाँले तत्काल राजिनामा गर्नु पर्छ। उहाँको रिपोर्टमा जे सुकै लेखिए पनि त्यो बिबादित हुने देखियो ´ उनले मंगलबार फेसबुकमा लेखेका छन् ।`म त्यो क्रुर हत्या र नियोजित आगजनिको निष्पक्ष छानबिन भएर जिम्मेवार ब्यक्तिलाई कारबाही हुनु पर्दछ भन्ने चाहान्छु तसर्थ त्यो प्रतिबेदनको स्वच्छताको लागि उहाँको राजिनामा वा प्रकाशित तथ्यको प्रमाण सहितको खण्डन अबिलम्ब आउनु पर्छ,´उनकाे धारणा छ । ´
जेनजी आन्दोलन चलिरहेकै बेला उनले सामाजिक सञ्जाल (फेसबुक र एक्स)मा लेखेका स्टाटसलाई लिएर कार्कीकाे नेतृत्वमा हुने छानबिनको निष्पक्षतामा कतिपयले प्रश्न उठाएका छन्।
उनले के लेखेका थिए ?