काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पाेखरेलले नेपाललाई बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइएकाे बताएका छन् । उनले देश भूराजनीतिक चपेटामा परेकाे पनि दाबी गरेका छन् ।

`हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफुलाई जोगाउन सकेनौ । हाम्रो देश पनि बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो । हामीले सबै समस्याको समाधान लोकतान्त्रिक वाटोवाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौ । उनीहरुको भावना र चाहनासंग नेपाली राजनीतिलाई जोड्न सकेनौ । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको वाटोवाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन ´ उनले लेखेका छन् ।

त्यस्तै उनले चाडो मुलुक लोकतन्त्रको जनसार्वभौम वाटोतिर फर्काएर  नवयुवाहरुको विश्वास जितिने बताए ।` नेकपा(एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि वढ्न प्रतिवद्ध छ र रहनेछ´ उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको